काठमाडौं । युरोपेली देश मोन्टेनेग्रोको दक्षिणमा भएको गोलीकाण्डमा १० जनाको ज्यान गएको छ । प्रहरीका अनुसार ज्यान गुमाउनेमा दुई जना बालबालिका पनि रहेका छन् । गोलीबारीको घटनामा घाइते भएका चार जनाको अस्पतालमा उपचार भइरहेको छ ।
सेन्टिजेमा रहेको एउटा रेस्टुरेन्टमा अतिथिहरूसँग भनाभनपछि यो घटना भएको प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
आक्रमणकारीले आफूलाई पनि गोली हानेको पुष्टि भएको थियो । आक्रमणकारीले आफ्नो परिवारका सदस्यलाई समेत मारेको खबरमा उल्लेख छ । झडपमा रेस्टुरेन्ट सञ्चालक र उनका दुई छोराछोरीको हत्या भएको छ ।
त्यहाँका प्रधानमन्त्री मिलोज्को स्पाजिकले गोलीबारीलाई भयानक दुर्घटना भन्दै सरकारले आजदेखि तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको जानकारी दिएका छन् ।
प्रतिक्रिया