कायरो । प्यालेस्टिनी अधिकारीहरूले हमास र फतह युद्धपछि गाजा क्षेत्रको व्यवस्थापन गर्न राजनीतिकरुपमा स्वतन्त्र प्राविधिक सदस्यहरूको कमिटी नियुक्त गर्न निकै नजिक रहेको बताएका छन् । यसले हमासको शासनलाई प्रभावकारीरुपमा अन्त्य गर्नेछ र इजरायलसँग युद्धविराम वार्तालाई अगाडि बढाउन मद्दत गर्नेछ । सन् २००७ मा गाजामा हमासले सत्ता कब्जा गरेपछि प्रतिद्वन्द्वी गुटहरूले मेलमिलाप गर्ने थुप्रै असफल प्रयासहरू…