इजरायल र हिजबुल्लाहबीच ठूलो युद्ध हुने जोखिम, मध्यपूर्व नै द्वन्द्वमा फस्ने सम्भावना

काठमाडौं । इजरायली कब्जामा रहेको सिरियाको भूमि गोलान हाइट्समा भएको आक्रमणमा परेर १२ जनाको ज्यान गएपछि इजरायलले लेबनानको विद्रोही समूह हिजबुल्लाहका अखडामा बमबारी शुरु गरेको छ । हिजो गोलान हाइट्सको एक फुटबल मैदानमा भएको आक्रमणमा बालबालिकासहित १२ जनाको ज्यान गएको थियो । यो आक्रमणमा लेबनानको विद्रोही सङ्गठन हिजबुल्लाह दोषी रहेको भन्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले…