किएभ । अमेरिकी राष्ट्रपति जो बाइडेनले किएभलाई रूसमा आक्रमण गर्न अमेरिकी हतियार प्रयोग गर्न अनुमति दिने निर्णयपछि युक्रेनको लडाइँलाई ‘उल्लेखनीय रूपमा’ सहयोग पुग्ने राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सञ्चार प्रवक्ताले शुक्रबार बताएका छन् । प्रवक्ता सेर्गी नाइकीफोरोभले खार्किभसँग सीमा जोडिएको क्षेत्रमा अमेरिकाले आपूर्ति गरेको हतियारको सीमित प्रयोगबारे कूटनीतिक च्यानलबाट सकारात्मक सङ्केत प्राप्त भएको बताएका हुन् । उनले…