काठमाडौँ । हमासद्वारा सञ्चालित गाजाको सरकारी मिडिया कार्यालयले शनिवार बिहान गाजा सहरको एउटा विद्यालयमा इजरायलले गरेको आक्रमणमा एक सयभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको र दर्जनौँ घाइते भएको बताएको छ । अल–ताबाइन स्कुलले बिहानको प्रार्थना गरिरहेका धेरै विस्थापित मानिसहरूलाई आश्रय दिएका थिए । आक्रमण हुँदा ठुलो सङ्ख्यामा हताहत भएको थियो । इजरायली लडाकु विमानहरूले गाजा सहरको…