बंगलादेशका प्रदर्शनकारीहरू विरुद्ध ‘अत्यधिक बल’ प्रयोग गरेकोमा ईयूको चिन्ता

ब्रसेल्स (बेल्जियम) । कम्तिमा २०६ जनाको ज्यान जाने गरी भएको हिंसापछि युरोपेली संघ (ईयू)का विदेश नीति प्रमुख जोसेप बोरेलले मङ्गलबार बंगलादेशमा प्रदर्शनकारीहरू विरुद्ध “अत्यधिक’’ बल प्रयोगको निन्दा गरेका छन् । यस महिना सरकारी सेवामा आरक्षण प्रणालीको विरोधमा भएको विद्यार्थीहरूको प्रदर्शनले हिंसात्मक रुप लिएको थियो । प्रहरी र अस्पतालको तथ्याङ्क अनुसार घटनामा प्रहरी अधिकारीहरूको पनि ज्यान…