बैङ्कक । थाइल्याण्डमा एक दशकअघिको सैन्य ‘कू’पछि पहिलो पटक यहाँको माथिल्लो सदन (सिनेट)को लागि आगामी जुन महिनामा निर्वाचन हुनेभएको छ । प्रधानमन्त्री श्रेता थाभिसिनको मन्त्रीमण्डलले धेरै चरणमा हुने जटिल निर्वाचनका लागि योजनाहरू स्वीकृत गरेको छ । यद्यपि निर्वाचनमा पूर्ण सार्वजनिक मतदान हुने कुरा भने समावेश गरिएको छैन । सन् २०१७ मा तत्कालीन सेनाप्रति बफादार (जुन्टा)…