करिब ८० वर्षअघि नरसंहारमा बाँचेका दुई लाख ४५ हजार यहुदी अझै जीवित

करिब ८० वर्षअघि यहुदी नरसंहारमा बाँचेका करिब दुई लाख ४५ हजार यहुदी अहिले पनि ९० भन्दा बढी मुलुकमा बसिरहेको एउटा नयाँ प्रतिवेदनबाट थाहा भएको छ । न्युयोर्कमा रहेको क्लेम्स कन्फरेन्सका अनुसार तीमध्ये करिब आधा (४९ प्रतिशत) इजराइलमा बसेका छन् भने पश्चिम युरोपमा १८ प्रतिशत, अमेरिकामा १६ प्रतिशत र १२ प्रतिशत पूर्वसोभियत सङ्घका मुलुकहरूमा छन् ।…