मोजाम्बिकको उत्तरी तटमा डुंगा दुर्घटना, ९० जनाको मृत्यु

मोजाम्बिकको उत्तरी तटमा एउटा डुंगा डुब्दा ९० जनाभन्दा बढीको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । डुंगामा सबार १ सय ३० जना मध्ये ५ जनाको सकुशल उद्दार गरिएको छ । नामपुला प्रान्तका अधिकारीहरुका अनुसार हैजाको प्रकोप फैलिएपछि त्यसबाट भाग्ने प्रयास गरिरहेका सर्वसाधारणको डुंगा दुर्घटनामा मृत्यु भएको हो । मृत्यु हुनेमा धेरैजसो बालबालिका रहेका छन् ।…