भूकम्पबाट भएको जनधनको क्षतिप्रति राजा चार्ल्सद्वारा दु:ख व्यक्त

काठमाडौँ । बेलायतका राजा चार्ल्सले नेपालमा भूकम्पबाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार सन्देश पठाउँदै उनले भूकम्पबाट भएको जनधनको क्षतिको खबर सुनेर आफू तथा आफ्नो परिवार स्तब्ध र दुःखी भएको उल्लेख गरेका छन्। दुःखद घडीमा आफ्नो प्रार्थना नेपाली जनतासँग रहेको उल्लेख गर्दै राजा चार्ल्सले सबै शोकसन्तप्त परिवार र प्रभावित समुदायमा…