‘फेन्टानिल’ सङ्कट अमेरिकी समस्या भएको भन्दै चीनद्वारा प्रतिबन्धको विरोध

बेइजिङ । ‘फेन्टानिल’ सङ्कटलाई बढावा दिने विश्वास गरिएका रसायनहरूको उत्पादनलाई लिएर चीनस्थित औषधि सञ्जालमाथि अमेरिकी प्रतिबन्धपछि बेइजिङले बुधबार वासिङ्टनको आलोचना गरेको छ । एनेस्थेसिया वा दुखाई कम गर्न प्रयोग गरिने फेन्टानिल समस्याले संयुक्त राज्य अमेरिकामा ‘जरा गाडेको’ चीनले दावी गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले मङ्गलबार चीनमा रहेका २५ व्यक्ति र संस्था तथा…