बेलायतमा कर छलीको आरोपमा कन्जरभेटिभ पार्टीका अध्यक्ष नादिम जाहावी बर्खास्त

लन्डन । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सत्तारुढ कन्जरभेटिभ पार्टीका अध्यक्ष नदिम जाहावीलाई बर्खास्त गरेका छन् । कर मामिलामा भएको अनुसन्धानमा उनी दोषी देखिएपछि पदीय मर्यादाको गम्भीर उल्लङ्घन गरेको भन्दै सरकारबाट बर्खास्त गरिएको हो । गत वर्ष राजनीतिक उथलपुथलको अवधिमा बेलायतको अर्थमन्त्री रहेका जाहावीलाई पछिल्लो समय करोडौं डलरको भुक्तान नगरिएका कर बिल सुल्झाएको आरोपमा राजीनामा दिन…