दोहा । कतारले ज्याला नपाएको भन्दै विरोधमा उत्रेका आप्रवासी कामदारलाई देश निकाला गर्न सुरु गरेको छ । मङ्गलवार कम्तीमा ६० जना कामदारलाई देश निकाला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । देश निकाला गरिएकामध्ये अधिकांश कामदार नेपाली छन् । ज्याला नपाएका श्रमिकहरूले दस दिनअघि निर्माण कम्पनी अल बन्दारी इन्टरनेसनल ग्रुपको दोहास्थित कार्यालयअगाडि विरोध र्याली गरेका थिए । तीमध्ये कतिपयले ७…