भारतका विभिन्न जिल्लामा अविरल वर्षा, राजस्थानका सबै विद्यालय बन्द

काठमाडौं । भारतको राजधानी दिल्लीसहित विभिन्न क्षेत्रमा अविरल वर्षा भइरहेका कारण धेरै ठाउँमा बाढी आएको छ । राजस्थानका धेरै जिल्लामा बितेको २४ घण्टाभन्दा बढी समयदेखि भइरहेको ठूलो वर्षाका कारण बाढीको जोखिम बढेको बीबीसी हिन्दीले जनाएको छ । आज त्यहाँका सबै विद्यालयहरू बन्द गरिएको छ । यस्तै, पञ्जाबको पठानकोटमा पनि वर्षाका कारण सडकमा पानी जम्ने समस्या…