काठमाडौं महानगरको फोहोर बोक्ने २ सय गाडी बाटोमै रोकिए

काठमाडौं । काठमाडौं महानगरपालिकाले माछापोखरीको फुटपाथ व्यापार हटाएको विरोधमा नुवाकोटमा प्रदर्शन हुँदा फोहोर बोकेका गाडी बाटोमै रोकिएका छन् । नुवाकोटको ककनी गाउँपालिका–१ का स्थानीयले सडक बन्द गर्दा सिसडोल डम्पिङ साइट हिँडेका गाडीलाई तीनपिप्लेमै रोकिएको हो । स्थानीयले सडक बन्द गर्दा काठमाडौंको फोहोर बोकेर गएका करिब २ सय गाडीहरू बाटोमै रोकिएको महानगर वातावरण व्यवस्था विभागकी प्रमुख…