काठमाडौं । राइस कुकर बनाउन बोलाएर हनी ट्रयापमा फसाउन खोजेको आरोपमा पक्राउ परेकी युवती धरौटीमा छुटेकी छन । चितवनको रत्ननगर नगरपालिका–८ घर भइ हाल काठमाडौं महानगरपालिका–१३ कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्यलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको थियो । न्यायाधीश श्यामबिहारी मौर्यको सोमबारको इजलासले आचार्यलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।…