काठमाडौं । जिल्ला अदालत काठमाडौंमा विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध मुद्दा दर्ता भएको छ । उनीबिरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा अभियोग दर्ता भएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिएका छन् । साइबर ब्युरोले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनीबिरुद्ध अभियोगपत्र दायर गरेको हो । सरकारी वकिलले उनीबिरुद्ध विद्युतीय कारोबार…