पशुपति क्षेत्रमा सुरु भयो नवदुर्गा नाच

काठमाडौं । मल्लकालदेखि भक्तपुरबाट नवदुर्गाका गण आएर पशुपति क्षेत्रको जयवागेश्वरीमा देखाइने नवदुर्गा नाच आजदेखि सुरु भएको छ । रणजीत मल्लको पालामा सुरु भएको नवदुर्गा नाच प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल नवमीमा पशुपतिमा आई मोक्षदा एकादशीका दिन नाच सम्पन्न गरी फर्कने चलन छ । यो नाच मोक्षदा एकादशीका दिन यही मङ्सिर २६ गते पशुपतिबाट फर्कने जनाइएको छ…