कहीँ नभएको जात्रा हाँडीगाउँमा

काठमाडौं । काठमाडौंको हाँडीगाउँमा आज पनि ‘कहीँ नभएको जात्रा’ मनाइँदैछ । कोजाग्रत पूर्णिमाका दिन मूर्ति बाहिर निकालेपछि औपचारिकरूपमा शुरू भएको जात्रा त्यसपछिका तीन दिन मनाइन्छ । हिजोबाट सुरु भएकाे जात्रामा नारायणको भजन गाउँदै खटको गजुर उल्टो पारेर देउतालाई माथि राखेर नगर परिक्रमा गराइन्छ । रथलाई उल्टो घुमाउनु, भगवानलाई श्रद्धापूर्वक मैनको फूल चढाउनु पनि जात्राको विशेषता…