पर्सा । मानव वन्यजन्तु द्वन्द्व बढ्दै गएको छ । गएको भदौको ७ गते जिराभवानी गाउँपालिका–५ का ६० वर्षीय तुलसी राउत थारूको घर नजिकै जङ्गलमा घाँस काट्न जाँदा बाघको आक्रमणबाट ज्यान गएको थियो । थारूलाई आक्रमण गर्ने बाघ पर्सा राष्ट्रिय निकुञ्जबाट एक किलोमिटर टाढा रहेको बस्तीमा आइपुगेको थियो । यस्तै वैशाख २९ गते पर्साको सखुवा प्रसौनी…