चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा गएको पहिराेले त्रिशूली नदीमा बस खस्दा बाँच्न सफल भएका तीन जनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । एक जनाको भरतपुर अस्पतालमा र दुई जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरू हिजाे बेलुकी साढे ७ बजे काठमाडौंबाट रौतहटकाे गौरका लागि छुटेको गणपति डिलक्स बसमा सवार थिए ।…