त्रिशूलीमा हराइरहेका यात्रु खोज्न सोनार डिभाइस प्रयोग

काठमाडौँ । त्रिशूली नदीमा हराइरहेका दुई वटा बस र यात्रुको खोजीका लागि उच्च प्रविधिको सोनार डिभाइस प्रयोग गरिएको छ । मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत सिमलतालमा शुक्रवार पहिरोसँगै खसेका बस र यात्रुको खोजीका लागि आज बिहानदेखि दुई सय मिटर गहिराइसम्म हेर्न मिल्ने डिभाइस प्रयोग गरिएको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए…