लमजुङ । यहाँ यतिबेला असार अगावै बर्खे धान रोप्न सुरु भएको छ । पानी पर्न थालेसँगै एक हप्ता अघिदेखि लमजुङमा धानको रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत विजयराज पौडेलका अनुसार जिल्लाको राइनास नगरपालिका, मध्यनेपाल नगरपालिका र मस्र्याङ्दी गाउँपालिकाको बेँसीका फाँटमा धान रोप्न सुरु गरिएको हो…