काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाहीसहित ९ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ । अख्तियारले डोजरले सडक खन्ने क्रममा भएको काम भन्दा बढि मुल्यांकन गरि ३८ लाख ७६ हजार २७० बढी भुक्तानी लिएको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको हो…