काठमाडौं । आज नयाँ वर्ष मनाइँदैछ। हरेक बर्ष वैशाख १ गतेलाई नयाँ वर्षको रुपमा नेपाली संस्कृतिमा विशेष दिनका रुपमा मनाइन्छ । विक्रम संवतको पात्रोअनुसार आजबाट नयाँ वर्ष सुरु भएको हो। विसं पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ । विसं हिन्दू पञ्चाङ्गमा…