काठमाडौँ । नेपाली नागरिकहरूले भारतमा अब सहज रूपमा भारतीय सिमकार्ड पाउने भएका छन् । भारतका लागि नेपाली राजदूत डा.शंकरप्रसाद शर्माले नेपालीहरूले भारतमा सहज रूपमा सीमकार्ड पाउने बताएका छन् । ‘यसअघि प्राविधिक कारणले नेपालीलाई भारतीय सीमकार्ड दिन अस्वीकार गरिएको थियो शर्माले एक्समा लेखेका छन् ‘हाम्रो अनुरोधपछि भारतको विदेश मन्त्रालय र सञ्चार मन्त्रालयले स्वीकार गरेको छ ।’…