काठमाडौंमा आपराधिक गतिविधि बढ्दो

काठमाडौं । काठमाडौंमा प्रत्येक वर्ष अपराधको सङ्ख्या वृद्धि हुँदै गएको छ । काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार प्रत्येक वर्ष काठमाडौंमा अपराधको सङ्ख्या बढ्दै गएको हो । आव २०७७-७८ मा पाँच हजार ६६२, आव २०७८-७९ मा आठ हजार नौ सय ७७ र आव २०७९-८० मा १३ हजार चार सय ६४ अपराधका मुद्दा दर्ता भएका थिए ।…