काठमाडौं । नेपाल प्रहरीले लागुऔषध कारोबारमा संलग्न पाँच जना विदेशी नागरिकसहित १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं उपत्यकामा लागुऔषधकाे अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा अनुसन्धानमा खटिएकाे प्रहरी टाेलीले १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा जर्मनका नागरिक पाउल वेर्स्ट, चितवनका महेश चौध्री, काठमाडौं चन्द्रागिरिका सुगम मैनाली, काठमाडौंकै मुखिया…