काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र साह (बालेन) र धरानका मेयर हर्क साम्पाङबीच पहिलो भेट भएकाे छ । सरकारसँग खानेपानी योजना माग्न काठमाडौं आएका साम्पाङले राष्ट्रिय सभागृहको सम्पर्क कार्यालयमा पुगेर बालेनलाई भेटेका हुन् । साम्पाङ धरानका उपमेयर अइन्द्रविक्रम बेघासहितको टोली लिएर महानगपालिका पुगेका थिए । दुईजनाले एक अर्कामा ‘सिलाम साक्मा’ लगाइदिई स्वागत र सम्मान गरेका छन्…