सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी छ । सोमबार अपराह्न ४ बजेदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक भइरहेकाे हो । बैठकमा मिटरब्याजी पीडितको मागबारे छलफल र निर्णय हुने बताइएको छ। यसैगरी सरकारका दैनिक प्रशासनिक विषयमा पनि आवश्यक निर्णय हुने छ । प्रधानमन्त्री प्रचण्डले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बसेको हो ।…