आज चैते दशैं मनाइँदै

काठमाडौं । आज चैत शुक्ल अष्टमी, अर्थात चैते दशैं देवीको पूजा उपासना गर्दै चैते दशैं मनाईंदैछ । असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दशैं हिन्दुधर्मावलम्बीहरुले वर्षमा दुइपटक मनाउने गर्दछन् । असोज-कार्तिकमा मनाईंने दशैंलाई बडादशैंको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाईंने दशैंलाई चैते दशैं भनिन्छ । आज घरघरमा तथा देवीका मन्दिरमा…