नवलपरासीको दाउन्ने खण्ड आउँदो पुस १५ सम्म एकतर्फी सञ्चालन गरिने

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड दुई महिनासम्म एकतर्फी सञ्चालन हुने भएको छ । नारायणघाट–बुटवल सडक विस्तार गर्नुका साथै कल्भर्ट निर्माण गर्नुपर्ने भएकाले एकतर्फी रूपमा सञ्चालन गर्न लागिएको हो । सडक विभागअन्तर्गतको आयोजना निर्देशनालयले सूचना निकालेर दाउन्ने खण्डमा कल्भर्ट निर्माण गर्नुपर्ने काम सम्पन्न नहुञ्जेलसम्मका लागि एकतर्फी सडक बन्द गर्न लागिएको जनाएको छ । जिल्ला…