लुम्बिनी । शीतलहरले तराईको जनजीवन प्रभावित बनेको छ । पश्चिम नवलपरासी, रुपन्देही र कपिलवस्तुमा अत्यधिक जाडो बढेको छ । बाक्लो हुस्सुले स्थानीयलाई घरबाहिर निस्कन समस्या भएको छ । चिसोले सबैभन्दा धेरै बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन् । ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने विपन्न परिवार काम गर्न नसकेर समस्यामा छन् । घर-चोकमा आगो र हिटर…