काठमाडौं । सम्मानजनक प्रसूति, प्रसूति हिंसा रोकथाम र महिलाको मानवअधिकार संरक्षणका लागि कानुनी व्यवस्था अपरिहार्य भएको सरोकारवालाले बताएका छन् । बिहीबार महिला, कानुन र विकास मञ्च (FWLD) ले आयोजना गरेको सञ्चारकर्मीहरूसँगको छलफल कार्यक्रममा गर्भावस्था, प्रसूति र सुत्केरीपछिको अवधिमा महिलाको गरिमा, आत्मनिर्णयको अधिकार र सुरक्षित मातृत्व सुनिश्चित गर्न स्पष्ट कानुन आवश्यक भएको निष्कर्ष निकालिएको हो ।…