मानवअधिकार आयोगले गर्‍याे सुरक्षा निकायका प्रमुखहरूसँग छलफल

काठमाडौं । आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका सन्दर्भमा शान्तिसुरक्षाको तयारीबारे राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षा निकायका प्रमुख÷प्रतिनिधिहरुसँग छलफल गरेको छ ।  आयोगका कार्यवाहक अध्यक्ष डा. सूर्य ढुंगेलले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने बताउँदै सुरक्षा व्यवस्थामा आपसी सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिए ।…