चन्द्रागिरिमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पहिरोले ध्यान केन्द्र पुरिंदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ। नगरपालिकाको वडा नम्बर–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्रमा माथिबाट आएको पहिरोले पुरिंदा ३ जनाको मृत्यु भएको वडाध्यक्ष भाइकृष्ण तामङले जानकारी दिए। मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ…