काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले स्व. जीवनाथ खतिवडालाई पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका छन्। आज (सोमबार) बिहान सम्पन्न अन्त्येष्टि कार्यक्रममा सभापति खड्काले स्व.खतिवडाको पार्थिव शरीरमा नेपाली कांग्रेसको चारतारे झण्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त गरेका थिए। उनीसँगै कांग्रेसका उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, बालकृष्ण खाँण, मिन विश्वकर्मा, दीपक…