ग्रीनल्यान्ड लिने विषयमा विरोध गर्ने देशमाथि नयाँ कर लगाउने ट्रम्पको धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्ड गाभ्ने आफ्नो उद्देश्यसँग नमिल्ने देशहरूमाथि कर लगाउने धम्की दिएका छन् । ह्वाइट हाउस बैठकका क्रममा ट्रम्पले ग्रीनल्यान्डबारे आफ्नो उद्देश्यमा विरोध गर्ने देशहरूमाथि कर लाग्नसक्ने बताएको बीबीसीले जनाएको छ । ग्रीनल्यान्ड नेटो सदस्य रहेको डेनमार्कको अर्धस्वायत्त क्षेत्र हो । ट्रम्पको योजनामा डेनमार्क र ग्रील्यान्डसँगै अरू देशहरूले पनि विरोध गरेका…