काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालसहित ३० देशमा रहेका अमेरिकी राजदूतहरूलाई स्वदेश फिर्ता बोलाएका छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार ट्रम्पले आगामी जनवरीभित्र ३० देशमा कार्यरत राजदूतलाई वासिङ्टन फर्किन निर्देशन दिएको हो । राजदूतलाई फिर्ता बोलाउने कुनै कारण नदिइएको बताइएको छ । फिर्ता बोलाइएका राजदूतमा अफ्रिकाका एक दर्जनभन्दा बढी छन् भने एशियाका नेपालसहित ६ देशका…