काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले पेरिस ओलम्पिकका लागि वाइल्ड कार्ड मार्फत छनोट भएका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई भेट गरी आगामी तयारी योजना बारे जानकारी लिएका छन् । सो अवसरमा सदस्य–सचिव टंकलाल घिसिङले थप तयारीका लागि अन्तर्राष्ट्रिय सहभागिता, प्रशिक्षण, खेल सामाग्रीलगायतका विषयमा चासो व्यक्त गरेका थिए । भेटका क्रममा प्रशिक्षणका लागि…