नेपाल भलिबल लिगको पहिलो दिनको टिकट बिक्री रकम बाढीपीडितलाई

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि नेपाल भलिबल लिग (NVL) ले सहयोग गर्ने भएको छ। एनभिएलको पहिलो दिन भदौ १९ गते हुने खेलको टिकट बिक्रीबाट सङ्कलित सम्पूर्ण रकम 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष'मा जम्मा गरिने आयोजकले जनाएको छ। एनभिएलका प्रमुख सञ्चालन अधिकृत विकास खेतानले उद्धार, उपचार तथा पुनर्स्थापना अभियानमा आफ्नो तर्फबाट सहयोगस्वरूप…