काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मच्छिन्द्र फुटबल क्लबले सङ्कटा क्लबलाई हराएको छ । आज बिहीवार दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले सङ्कटालाई ३–१ गोलले हराएको हो । मच्छिन्द्रका लागि देवेन्द्र तामाङ, विमल घर्तीमगर र आफिज ओलावालेले गोल गरे । सङ्कटाका लागि जुनियर एनकुगुएले गोल फर्काए । याे जितसँगै मच्छिन्द्र १४ खेलमा २१ अङ्कसहित…