दाेहा । सन् २०२२ को विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले पाएको छ । कतारमा भएको विश्वकप फुटबलको फाइनलमा फ्रान्सलाई पेनाल्टीमा ४–२ ले हराउँदै अर्जेन्टिना उपाधि विजेता भएको हो । निर्धारित तथा थपिएको समयमा ३–३ को बराबरी भएपछि पेनाल्टी शूटआउटमा विश्वकप छिनोफानो भएको हो । अन्तिम विश्वकप खेलिरहेका मेस्सीले आफ्नो टोलीलाई च्याम्पियन बनाउन सफल भएका हुन् ।…