काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)अन्तर्गतको महिला फुटबल संघ अध्यक्षमा पेमा लामा निर्वाचित भएकी छन् । मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको निर्वाचनमा अध्यक्ष पदकी अर्की प्रत्याशी विमला पौडेललाई भारी मतान्तरले पराजित गर्दै लामा अध्यक्षमा चुनिएकी हुन् । कुल ४२ भोटमध्ये लामाले ३६ तथा पौडेलले ६ भोट प्राप्त गरे । उपाध्यक्षमा प्रमिला सिंह श्रेष्ठ, लुना…