वर्तमान सत्ता गठबन्धन फेरिन सक्ने संकेतहरु नेपाली राजनीतिकवृत्तमा देखिन थालेका छन् । संक्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयकको नाममा शीर्ष नेताहरुको भेटघाटपछि दोस्रो तहका नेताहरुको दौडधुपले मात्र होइन, मन्त्रीहरुको विदेश भ्रमण स्थगित र कांग्रेस मन्त्रीहरुलाई पार्टी सभापतिले निवासमा बोलाउनुले छिटै गठबन्धन फेरिन सक्ने संकेतहरु प्राप्त भएका हुन् । माओवादी नेता वर्षामान पुनले वर्तमान सत्ता गठबन्धनमा समस्या आएको…