काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवास जग्गा प्रकरणको फैसलापछि नेपाली जनतालाई बधाई र विशेष अदालतलाई धन्यवाद दिएका छन्। शुक्रबार सामाजिक सञ्जालमा लेख्दै गृहमन्त्री श्रेष्ठले ललिता निवासको जग्गा प्रकरणमा विशेष अदालतले ऐतिहासिक फैसला गरेको बताएका छन्। ‘अन्ततः ललिता निवासको सरकारी जग्गा सरकारको नाममा आयो। सबै नेपाली जनतालाई बधाई छ,’ गृहमन्त्री श्रेष्ठले सामाजिक सञ्जालमा…