चितवन । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयार भएको जानकारी दिएका छन् । सोमबार भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले चिकित्सा शिक्षा ऐन संशोधन गर्न प्रधानमन्त्री तयार भएको र यसलाई प्रक्रियामा लगिसकेको बताए । देशमा चिकित्सा शिक्षा ऐनका कारण आगामी पाँच वर्षमा चिकित्सक तथा स्वास्थ्य प्राविधिकको समस्या…