चाडपर्वका कारण १६ दिन प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । संघीय संसद्अन्तर्गत रहेको प्रतिनिधिसभा बैठक १६ दिनका लागि स्थगन भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकपश्चात् सभामुख देवराज घिमिरेले १६ दिनका लागि बैठक स्थगन भएको जानकारी दिएका छन् । संसद्को अर्को बैठक कार्तिक १२ गते दिउँसो १ बजे बस्नेछ ।