काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियुक्तिमा संशोधन गर्न आवश्यक रहेको बताएका छन् । बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले आयोगको नियुक्तिमा दलगत हस्तक्षेप र भागबन्डा बढी भएको बताएका हुन् । उनले अदालतसमेत नियुक्तिका विषयमा मुछिएको बताए । आयोगको नियुक्तिको मापदण्ड नबदलिकन अपेक्षा गरेकाे परिणाम नआउने उनकाे…