काठमाडौँ । नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा प्रेमप्रसाद पराजुली सर्वसम्मत भएका छन्। आकाङ्क्षी चन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएपछि पराजुली सर्वसम्मत चुनिएका हुन्। १९ गतेदेखि चलेको गैरभौगोलिक उपत्यका विशेष प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि अध्यक्षमा पराजुली र रिजालको उम्मेदवारी परेको थियो। उपाध्यक्षमा विदुर कार्की सर्वसम्मत भएका छन्। सचिव मिलन धरेल, उपसचिवमा जितेन्द्र श्रेष्ठ, उर्मिला…